arrow

विमलेन्द्र निधि र जुली महतोलाई पछि पार्दै धनुषा ३ मा मनिषा झा विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
manish-jhaa.jpg

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत धनुषाको निकै चर्चित मानिएको क्षेत्र नम्बर ३ को मतगणना सम्पन्न भएको छ। अन्तिम मतपरिणाम अनुसार यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झाले ४३ हजार ९८८ मत प्राप्त गरी सानदार जित हासिल गरेकी छिन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिलाई २७ हजार ३३६ को फराकिलो मतान्तरले पछि पारेका हुन्। निधिले जम्मा १६ हजार ६५२ मत पाएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार तेस्रो स्थानमा रहेकी नेकपा (एमाले) की जुली महतोले ९ हजार ७८६ मत प्राप्त गरेकी छिन्। यस क्षेत्रमा अन्य दल र स्वतन्त्र उम्मेदवारहरूले एक हजार मत पनि कटाउन सकेका छैनन्। नेपाली कम्युनिस्ट पार्टीका राम ललित मण्डलले ७०९ मत पाएका छन् भने जनता समाजवादी पार्टी (जसपा) का परमेश्वर साहले ५०० मत प्राप्त गरेका छन्। त्यस्तै जनमत पार्टीका गोपालप्रसाद साहले ३८१, श्रम संस्कृति पार्टीका सदाम हुसैनले २११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका हुसैन कवारीले १९९ मत पाएका छन्।

धनुषा क्षेत्र नम्बर ३ मा कुल १ लाख २५ हजार ९२७ मतदाता रहेकामा ७९ हजार ११० मत खसेको थियो। गणना गरिएको मतमध्ये ४ हजार ७३२ मत बदर भएको छ भने ७४ हजार ३७७ मत सदर भएको छ।

मधेसको 'हटस्पट' मानिने यस क्षेत्रमा पुराना राजनीतिक हस्तीहरूलाई पछि पार्दै रास्वपाका झाले हात पारेको जितलाई मधेसको राजनीतिमा ठूलो बदलावको रूपमा हेरिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ