arrow

काठमाडौँ २ मा रास्वपाका केसी निर्वाचित, प्रदेश त्यागेर संघीय संसदमा पाइला

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
sunil-kc-rsp-ktm2.jpg

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसी निर्वाचित भएका छन् । उनी ३४ हजार २३८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । 

केसीका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कविर शर्माले आठ हजार ८७४ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार कुन्तीदेवी पोखरेलले पाँच हजार २१० मत ल्याइन् । यसअघिको निर्वाचनमा सो क्षेत्रबाट रास्वपाकै सोविता गौतम निर्वाचित भएकी थिइन् । उनी अहिले चितवन ३ बाट चुनाव लडिन् । 

संघीय संसदमा पाइला चालेका सुनील राजनीतिकर्मी सँगसँगै सामाजिक अभियन्ता तथा इभेन्ट म्यानेजरसमेत हुन् । केसीले ०७९ को निर्वाचनमा राप्रपाबाट काठमाडौँ २ (क) मा चुनाव जितेका थिए । 

प्रदेश सभामा अझै दुई वर्षको कार्यकाल बाँकी हुँदाहुँदै उनले पद छाडी राप्रपा त्यागेर रास्वपा बनेर चुनाव जिते । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ