गुल्मीमा कांग्रेस–एमालेको पकड भत्काउँदै रास्वपा जित नजिक
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
699
Shares
तम्घास । प्रतिनिधि सभा निर्वाचनमा गुल्मी जिल्लामा रास्वपाले पकड जमाएको छ । दुवै क्षेत्रमा रास्वपमा जित नजिक पुगेको छ ।
गुल्मी क्षेत्र नम्बर १ मा रास्वपाका रास्वपाका सागर ढकाल २० हजार ३४१ मतसहित अगाडि छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रदीपकुमार ज्ञवाली ११ हजार २०९ मतसहित दोस्रो स्थानमा रहेका छन् ।
नेपाली कांग्रेसका डा चन्द्रकान्त भण्डारी ८ हजार २६१ मतसहित तेस्रो स्थानमा धकेलिएका छन् । उनी निवर्तमान सांसद हुन् । त्यसअघि ज्ञवाली सांसद बनेका थिए । यो क्षेत्रमा कांग्रेसले आलोपालो चुनाव जित्दै आएको छ ।
क्षेत्र नम्बर २ मा भने तुलनात्मक रुपमा प्रतिस्पर्धा भइरहेको छ । रास्वपाका गोविन्द पन्थी १५ हजार ६५१ मतसहित शीर्ष स्थानमा रहेका छन् ।
लगातार जित हासिल गर्दै आएका एमालेका गोकर्ण विष्ट १५ हजार ४३९ मतसहित दोस्रो स्थानमा रहेका छन् ।
पन्थी र विष्टबीच पटक पटक अग्रता लिने प्रतिस्पर्धा चलिरहेको छ । अब मात्र तीन ओटा वडाको मतगणना गर्न बाँकी रहेको बताइएको छ ।
नेपाली कांग्रेसका उम्मेदवार भुवन श्रेष्ठ भने १२ हजार ७०९ मतसहित तेस्रो स्थानमा रहेका छन् । उनी जितको होडबाट बाहिरिइसकेका छन् ।