arrow

रुपन्देही २ मा ढल्यो विष्णु पौडेलको रजगज, सुलभ निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
bishnu-pd-poudel-17-08.jpg

काठमाडौँ ।  रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का उपाध्यक्ष एवं पटक-पटक अर्थ र गृहमन्त्री भइसकेका प्रभावशाली नेता विष्णुप्रसाद पौडेलको लामो समयदेखिको राजनीतिक बर्चस्व समाप्त भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले एमालेका हेभीवेट नेता पौडेललाई निकै फराकिलो मतान्तरले स्तब्ध पार्दै सानदार जित हासिल गरेका छन्। 

अन्तिम मतपरिणाम अनुसार खरेलले ५६ हजार ५५० मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी पौडेललाई ४३ हजार ६८९ को विशाल मतान्तरले पराजित गरेका छन्। पराजित भएका एमाले नेता पौडेलले जम्मा १२ हजार ८६१ मत मात्र पाएका छन्।

 त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार चुन्नुप्रसाद पौडेल ९ हजार ३९२ मतका साथ तेस्रो स्थानमा खुम्चिएका छन्। रास्वपाका सुलभ खरेलले पाएको मत कांग्रेस र एमालेका उम्मेदवारले पाएको कुल मतको योगफलभन्दा पनि दोब्बर बढी देखिएको छ। एमालेको बलियो गढ मानिने र पौडेलले लगातार जित्दै आएको यस क्षेत्रमा रास्वपाका युवा उम्मेदवारले हात पारेको यो जितलाई राष्ट्रिय राजनीतिमै ठूलो उथलपुथलका रूपमा हेरिएको छ। 

खरेलले पाएको मत अन्य प्रमुख दलका उम्मेदवारको कुल मतभन्दा झण्डै तीन गुणा बढी हुनुले मतदातामा आएको तीव्र परिवर्तनको संकेत गर्दछ। अहिले बुटवल र आसपासका क्षेत्रमा रास्वपाका समर्थकहरूले 'घण्टी' बजाउँदै खुसियाली मनाइरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ