arrow

चौरसियालाई पछि पार्दै पर्सा २ मा रास्वपाका कानू विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
sunil-kumar-kanu.jpg

काठमाडौँ । पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशीलकुमार कानु प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन अधिकृत मधुसुदन आचार्यका अनुसार कानुले ३० हजार ७४० मत प्राप्त गरी सानदार जित हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धीहरूलाई निकै पछाडि पार्दै पर्सामा 'घण्टी' को प्रभावशाली उपस्थिति देखाएका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियाले ११ हजार ८९० मत मात्र पाएका छन्। यस्तै, नेकपा (एमाले) की उम्मेदवार रिमाकुमारी यादवले ११ हजार ६०५ मत प्राप्त गरेकी छन्। अन्य उम्मेदवारहरूमा जनता समाजवादी पार्टी (जसपा) का अशोककुमार अग्रवालले २ हजार ६४२ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की बिना जैसवालले १ हजार ९९९ मत पाएका छन्। यस क्षेत्रमा १४ स्वतन्त्र र १७ दलीय गरी जम्मा ३१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए।

पर्सा २ मा कुल ९५ हजार १२० मतदाता रहेकामा ६५ हजार ८७८ मत खसेको थियो। खसेको मतमध्ये ४ हजार ५६८ मत बदर भएको र ६१ हजार ३१० मत सदर भएको निर्वाचन कार्यालयले जनाएको छ। मधेसको महत्त्वपूर्ण व्यापारिक केन्द्र वीरगञ्जको केही भाग समेटिएको यस क्षेत्रमा रास्वपाका कानुले कांग्रेस र एमाले जस्ता पुराना शक्तिहरूलाई ठूलो मतान्तरले पराजित गरेका हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ