arrow

गुल्मीमा ढल्यो कांग्रेस–एमालेको किल्ला, रास्वपाले गाड्यो झण्डा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
rsp-nc-uml-ncp.jpeg

तम्घास । प्रतिनिधि सभा निर्वाचनमा गुल्मी जिल्लामा रास्वपाले झण्डा गाडेको छ । गुल्मी क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार जितका लागि औपचारिकतामात्र कुरिरहेका छन् । उनी एमाले र कांग्रेसका उम्मेदवारभन्दा निकै अगाडि छन् । 

सागर ढकाल २२ हजार ९७३ मतसहित अगाडि छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रदीपकुमार ज्ञवाली १२ हजार ६१२ मतसहित दोस्रो स्थानमा रहेका छन् । 

नेपाली कांग्रेसका डा चन्द्रकान्त भण्डारी ९ हजार ७८० मतसहित तेस्रो स्थानमा धकेलिएका छन् । उनी निवर्तमान सांसद हुन् । त्यसअघि ज्ञवाली सांसद बनेका थिए । यो क्षेत्रमा कांग्रेसले आलोपालो चुनाव जित्दै आएको थियो । 

क्षेत्र नम्बर २ मा रास्वपाका गोविन्द पन्थी विजयी भएका छन् । उनले दोस्रो स्थानका एमालेका उपाध्यक्ष गोकर्ण विष्टलाई ५६१ मतले पराजित गरे । उनले १६ हजार ९६७ मत ल्याए । 

निवर्तमान सांसद गोकर्णले १६ हजार ४०६ मत ल्याए । तेस्रो नेपाली कांग्रेसका उम्मेदवार भुवन श्रेष्ठले १४ हजार ४३४ मत ल्याए । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का श्रीराम महतले मात्र ३ हजार ८१ मत ल्याए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ