arrow

रौतहट १ मा सकियो माधव युग,  रास्वपाले गाड्यो झण्डा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
madhav-kumar-nepal-12-07-082.jpg

काठमाडौँ । रौतहटको राजनीतिमा लामो समयदेखि कायम रहेको पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको दबदबा समाप्त भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेशकुमार चौधरी २८ हजार ९४६ मतसहित विजयी भएका छन्। उनले आफ्ना प्रतिस्पर्धीहरूलाई भारी मतान्तरले पछाडि पार्दै ऐतिहासिक जित हासिल गरेका हुन्।

यस क्षेत्रमा नेकपा (एमाले) का अजयकुमार गुप्ता १० हजार ६९३ मतका साथ दोस्रो र नेपाली कांग्रेसका अनिल झा ८ हजार ५७४ मतका साथ तेस्रो स्थानमा रहेका छन्। सबैभन्दा ठूलो धक्का पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेता माधवकुमार नेपाललाई लागेको छ। उनले जम्मा ७ हजार ६६९ मत मात्र प्राप्त गरी चौथो स्थानमा खुम्चिनु परेको छ।

यो नतिजासँगै रौतहटमा दशकौँदेखि चल्दै आएको माधव नेपालको राजनीतिक वर्चस्व ढलेको छ। निर्वाचन अधिकृत मनोज केसीका अनुसार यस क्षेत्रमा ७१ हजार १५६ मत खसेको थियो। रौतहट १ मा मात्र नभई क्षेत्र नम्बर ३ र ४ मा पनि रास्वपाकै उम्मेदवारहरूले अग्रता लिइरहेका छन्, जसले मधेसमा नयाँ राजनीतिक शक्तिको उदय भएको पुष्टि गरेको छ। अहिले चन्द्रपुर र आसपासका क्षेत्रमा रास्वपाका समर्थकहरूले 'घण्टी' बजाउँदै खुसियाली मनाइरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ