arrow

बारा १ मा रास्वपाका गणेश धिताल विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
ganesh-dhital.jpg

काठमाडौँ । बारा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश धिताल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन अधिकृत शम्भु बस्नेतका अनुसार सम्पन्न मतगणनामा धितालले ३९ हजार ९९८ मत प्राप्त गरी सानदार जित हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धीलाई २५ हजार ७७५ को विशाल मतान्तरले पराजित गरेका छन्।

यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार शम्भु बुढाथोकीले १४ हजार २२३ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का अच्युत मैनालीले ११ हजार ६४५ मत पाएका छन्। बारा १ मा कुल १ लाख २३ हजार ९८५ मतदाता रहेकामा ८० हजार ५८१ मत खसेको थियो। निर्वाचन कार्यालयका अनुसार गणनाका क्रममा ५ हजार २९६ मत बदर भएको छ।

मधेसका स्थापित शक्तिहरूलाई ठूलो मतान्तरले पछाडि पार्दै रास्वपाका धितालले निकालेको यो जितलाई बाराको राजनीतिमा ठूलो 'अपसेट' का रूपमा हेरिएको छ। यो नतिजासँगै बारामा पनि नयाँ राजनीतिक शक्तिको बलियो उपस्थिति देखिएको छ। अहिले कलैया र आसपासका क्षेत्रमा रास्वपाका समर्थकहरूले 'घण्टी' बजाउँदै विजय उत्सव मनाइरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ