एकासी स्थानको परिणाम आउँदा रास्वपालाई ६५ सिट, कांग्रेसलाई ८, रास्वपा ५६ स्थानमा अगाडि
एमालेलाई ३, नेकपालाई २, राप्रपालाई १ तथा स्वतन्त्रमा महावीर पुन विजयी
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
1.1k
Shares
काठमाडौँ । प्रतिनिधि सभा सदस्यको १६५ सिटका लागि भएको प्रत्यक्षतर्फको निर्वाचनमा ८१ स्थानको अन्तिम मतपरिणाम आएको छ ।
पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ६५, नेपाली कांग्रेसले ९,नेकपा एमालेले ३, नेपाली कम्युनिष्ट पार्टी नेकपाले २, राप्रपाले १ तथा स्वतन्त्र उम्मेदवार महावीर पुनले म्याग्दीबाट चुनाव जितेका छन् ।
मतगणना जारी रहेका स्थानमा रास्वपा ५६ स्थानमा अगाडि छ । नेपाली कांग्रेस १०, नेकपा एमाले ८, नेपाली कम्युनिष्ट पार्टी ५ स्थानमा अगाडि रहेको छ ।
त्यस्तै श्रम संस्कृति ३ स्थानमा अगाडि रहेको छ । त्यसै जसपा १ र नागरिक उन्मुक्ति १ स्थानमा अगाडि छ ।