काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ११ स्थानमा जित हासिल गरेको छ ।
कांग्रेसका लागि तेह्रथुम १ मा सन्तोष सुब्बा, मनाङबाट टेकबहादुर गुरुङ, मुस्ताङबाट योगेश गौचन थकाली, पाल्पा १ बाट सन्दीप राना निर्वाचित भएका छन् ।
त्यस्तै कपिलवस्तु ३ बाट अभिषेकप्रताप शाह, जाजरकोटबाट खडकबहादुर बुढा, दैलेखबाट बासना थापा, सुर्खेत १ बाट विष्णुबहादुर खड्का, अछामबाट भरतकुमार स्वार, डोटीबाट भरतबहादुर खड्का निर्वाचित भएका छन् ।
त्यस्तै हुम्लामा जयपति रोकाया निर्वाचित भएका छन् ।