arrow

बिना मगरलाई कञ्चनपुर १ मा हराए जनकसिंह धामीले

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
bina-magar-dahal.jpg

काठमाडौँ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक सफलता हात पारेको छ। 'घण्टी' चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका जनकसिंह धामीले भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै सुदूरपश्चिममा नयाँ इतिहास रचेका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार धामीले २४ हजार ३३२ मत प्राप्त गरी विजयी भएका हुन्। उनले आफ्नी निकटतम प्रतिस्पर्धी एवं नेपाली कम्युनिस्ट पार्टीकी प्रभावशाली नेतृ बिना मगरलाई १३ हजार २२२ को विशाल मतान्तरले पराजित गरेका छन्। बिना मगरले मात्र ११ हजार ११० मत पाएकी छन्।

यो क्षेत्रमा नेपाली कांग्रेसका गोपीप्रसाद उपाध्यायले ८ हजार ४६७ र नेकपा (एमाले) का तारालामा तामाङले ८ हजार ८८ मत प्राप्त गरेका छन्। यस नतिजाले कञ्चनपुरमा पुराना र स्थापित दलहरूको बलियो पकडलाई विस्थापित गर्दै रास्वपालाई नयाँ शक्तिको रूपमा स्थापित गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ