arrow

समानुपातिकतर्फ १२ लाख मत गणना हुँदा कुन दलले कति पाए मत ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
election-nirbachan-nepal-2082-hamrakura.jpg

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो वर्चस्व कायम राखेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार हालसम्म कुल १२ लाख ५५ हजार ४८२ मत गणना सम्पन्न भएको छ। जसमा रास्वपाले कुल गणना भएको मतको ५० प्रतिशतभन्दा बढी अर्थात् ६ लाख ४३ हजार ७५६ मत प्राप्त गर्दै अन्य सबै दललाई निकै पछाडि पारेको छ।

रास्वपालाई पछ्याइरहेको नेपाली कांग्रेसले हालसम्म २ लाख १५ हजार २३१ मत पाएको छ भने नेकपा (एमाले) १ लाख ७२ हजार ४५९ मतसहित तेस्रो स्थानमा रहेको छ। यसैगरी नेपाली कम्युनिस्ट पार्टीले ८३ हजार ८५६ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा ४६ हजार ३७० मत खसेको छ। नयाँ शक्तिका रूपमा उदाएको श्रम संस्कृति पार्टीले २२ हजार ३८२ मत ल्याउँदा राष्ट्रिय परिवर्तन पार्टीले १७ हजार ५८ मत जोडेको छ।

त्यस्तै, जनता समाजवादी पार्टीले ५ हजार ३१७ मत प्राप्त गरेको छ भने एकल निर्वाचन चिह्न चकिया (जाँतो) ले ५ हजार ८३ मत पाएको छ। यो नतिजाले देशभर समानुपातिकतर्फ पनि रास्वपाको लहर सशक्त रहेको देखाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ