arrow

दाङ १ मा रास्वपाका देवराज पाठकको जित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
devraj-pathak.jpg

काठमाडौँ। दाङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार देवराज पाठक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार पाठकले ४२ हजार ६०२ मत प्राप्त गरी भारी जित हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका योगेन्द्र चौधरीलाई २७ हजार ३२२ को फराकिलो मतान्तरले पराजित गरेका छन्।

निर्वाचनमा कांग्रेसका उम्मेदवार योगेन्द्र चौधरीले १५ हजार २८० मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का रेवतीरमण शर्माले ६ हजार ८२५ मत पाएका छन्। यस्तै, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार एवं निवर्तमान सांसद मेटमणि चौधरीले ४ हजार ९६५ मत मात्र प्राप्त गरेका छन्। दाङ १ मा कुल १ लाख ४० हजार १ मतदाता रहेकामा ८० हजार ९२० मत खसेको थियो। स्थापित नेताहरूलाई ठूलो मतान्तरले पछाडि पार्दै देवराज पाठकले निकालेको यो नतिजाले दाङमा रास्वपाको बलियो लहरलाई पुष्टि गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ