रघुवीर र महेन्द्रलाई हराउँदै राजकिशोर महतो निर्वाचित
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
899
Shares
काठमाडौँ। धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शक्तिशाली 'अपसेट' गरेको छ। 'घण्टी' चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका राजकिशोर महतोले भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै मधेसको राजनीतिमा नयाँ इतिहास रचेका छन्।
निर्वाचन अधिकृत पुरुषोत्तम खतिवडाका अनुसार महतोले ४८ हजार २७० मत प्राप्त गरी सानदार जित हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवलाई ३२ हजार ४६१ र नेकपा (एमाले) का प्रभावशाली नेता रघुवीर महासेठलाई ३६ हजार ७४१ को विशाल मतान्तरले पराजित गरेका छन्।
यो क्षेत्रमा कांग्रेसका महेन्द्र यादवले १५ हजार ८०९ मत पाएका छन् भने एमालेका रघुवीर महासेठले मात्र ११ हजार ५२९ मत प्राप्त गरेका छन्। ३७ जना उम्मेदवार रहेको यस क्षेत्रमा राजकिशोर महतोले प्राप्त गरेको मत अन्य प्रमुख दलका उम्मेदवारहरूको कुल योगभन्दा पनि बढी छ। यस नतिजाले धनुषामा पुराना र स्थापित नेताहरूको बलियो पकडलाई पूर्ण रूपमा विस्थापित गरिदिएको छ।