arrow

कञ्चनपुरका तीन ओटै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
rsp-rastriya-swatantra-party-final.jpg

काठमाडौँ । कञ्चनपुरका तीन ओटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू भारी मतान्तरले विजयी भएका छन्। पुराना र प्रभावशाली नेताहरूलाई ठूलो अन्तरले पछाडि पार्दै रास्वपाले जिल्लाभर आफ्नो वर्चस्व कायम गरेको हो।

यस क्षेत्रमा रास्वपाका जनकसिंह धामी २४ हजार ३३२ मतसहित निर्वाचित भएका छन्। उनले नेपाली कम्युनिस्ट पार्टीकी बिना मगरलाई १३ हजार २२२ मतान्तरले पराजित गरेका हुन्। मगरले ११ हजार ११० मत पाउँदा कांग्रेसका गोपीप्रसाद उपाध्यायले ८ हजार ४६७ र एमालेका तारा लामा तामाङले ८ हजार ८८ मत प्राप्त गरेका छन्।

क्षेत्र नम्बर २ मा रास्वपाका दीपकराज बोहराले कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री नारायणप्रकाश (एनपी) साउदलाई २३ हजारभन्दा बढी मतान्तरले पराजित गरेका छन्। बोहराले ३३ हजार ९५२ मत पाउँदा साउदले मात्र १० हजार ८२७ मत प्राप्त गरे। एमालेका बचनबहादुर सिंहले ६ हजार ४१८ र नेकपाका माधव पन्तले ६ हजार ३३७ मत ल्याएका छन्।

क्षेत्र नम्बर ३ मा रास्वपाका ज्ञानेन्द्रसिंह महता २७ हजार ११८ मतसहित विजयी भएका छन्। उनले कांग्रेसका हरिप्रसाद बोहरा (९ हजार ४४३) र एमालेका दीपकप्रकाश भट्ट (७ हजार ५७५) लाई निकै पछाडि पारेका छन्।

जिल्लाका तीन ओटै क्षेत्रमा निर्वाचित भएका धामी, बोहरा र महता पहिलोपटक चुनावी मैदानमा होमिएका युवा अनुहार हुन्। कञ्चनपुरको यो नतिजाले सुदूरपश्चिममा रास्वपाको लहर कति सशक्त छ भन्ने स्पष्ट पारेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ