काठमाडौँ । पाल्पा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. माधवबहादुर थापा निर्वाचित भएका छन्। गत बिहीबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार थापाले २६ हजार ७३६ मत प्राप्त गरी सानदार जित हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमालदत्त श्रेष्ठलाई १३ हजार ७४४ को फराकिलो मतान्तरले पराजित गरेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका हिमालदत्त श्रेष्ठले १२ हजार ९९२ मत प्राप्त गरेका छन्। यसअघिको निर्वाचनमा यसै क्षेत्रबाट विजयी भएका नेकपा (एमाले) का प्रभावशाली नेता ठाकुरप्रसाद गैरे १० हजार ५०३ मतसहित तेस्रो स्थानमा खुम्चिएका छन्। यस्तै, नेपाली कम्युनिस्ट पार्टीका सोमप्रसाद पाण्डेयले ५ हजार २८८ मत र नेसनल रिपब्लिक नेपालका देवप्रसाद श्रेष्ठले ६९३ मत पाएका छन्।
पाल्पाको यो नतिजालाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ, जहाँ रास्वपाका डा. थापाले पुराना स्थापित शक्तिहरूलाई ठूलो अन्तरले पछाडि पार्दै जित निकालेका छन्। अहिले तानसेन लगायतका क्षेत्रमा 'घण्टी' बजाउँदै समर्थकहरूले विजय उत्सव मनाइरहेका छन्।