arrow

नवलपरासी २ मा रास्वपाका नरेन्द्र गुप्ता निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
narendra-gupta.jpg

काठमाडौँ । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्रकुमार गुप्ता निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार गुप्ताले ४४ हजार १३८ मत प्राप्त गरी सानदार जित हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भीमबहादुर थापा क्षेत्रीलाई २८ हजार १९३ को फराकिलो मतान्तरले पराजित गरेका छन्।

निर्वाचनमा कांग्रेसका भीमबहादुर थापा क्षेत्रीले १५ हजार ९४५ मत प्राप्त गरेका छन्। यस्तै, जनता समाजवादी पार्टी (जसपा), नेपालका देवेन्द्र यादवले ७ हजार २१२ मत ल्याएर तेस्रो स्थान हासिल गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री ध्रुवबहादुर प्रधान ४ हजार ६९१ मतसहित चौथो स्थानमा खुम्चिएका छन्।

नवलपरासीको यो क्षेत्रमा स्थापित र 'हेभीवेट' मानिने नेताहरूलाई निकै ठूलो अन्तरले पछाडि पार्दै रास्वपाका गुप्ताले निकालेको यो नतिजाले पश्चिम नवलपरासीमा 'घण्टी' को बलियो प्रभाव प्रमाणित गरेको छ। यो जितसँगै रास्वपाले लुम्बिनी प्रदेशका अन्य क्षेत्रहरूमा पनि आफ्नो पकड बलियो बनाउँदै लगेको देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ