arrow

पाँचथरमा कांग्रेसका नरेन्द्रकुमार केरुङ निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
narendra-kerung1.jpg

काठमाडौँ । पाँचथर जिल्लाको एकमात्र निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न अन्तिम मतगणनाअनुसार केरुङले १७ हजार २३३ मत प्राप्त गरी जित हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका हस्तराज शेर्मालाई २ हजार ४९९ मतान्तरले पराजित गरेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पराजित भएका हस्तराज शेर्माले १४ हजार ७३४ मत प्राप्त गरेका छन्। नेकपा (एमाले) का उम्मेदवार अइन्द्रसुन्दर नेम्वाङ १४ हजार ५३४ मतसहित तेस्रो स्थानमा रहेका छन्। यस्तै, नेपाली कम्युनिस्ट पार्टीका हर्कबहादुर नेम्बाङले ११ हजार ४४३ मत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महेन्द्रविक्रम थाम्सुहाङले ४ हजार १९७ मत प्राप्त गरेका छन्।

अन्य उम्मेदवारहरूमध्ये राष्ट्रिय परिवर्तन पार्टीका टेकबहादुर सुब्बाले २ हजार ८२५ मत, राप्रपाका तेजकुमार कुरुम्बाङले ९२५ र जसपा नेपालका मचिन्द्रप्रसाद बेघाले २४७ मत पाएका छन्। जिल्लामा कुल १ लाख ४३ हजार ४०८ मतदाता रहेकामा ७० हजार ८१८ मत खसेको थियो। खसेको मतमध्ये ६६ हजार ९२१ मत सदर भएको र ३ हजार ८९७ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कुमार मास्केले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ