arrow

सिराहा ३ मा रास्वपाका शम्भुकुमार यादव विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
shambhu-yadhav.jpg

काठमाडौँ। सिरहा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शम्भुकुमार यादव निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृत डा. श्रीप्रकाश उप्रेतीका अनुसार यादवले ३२ हजार २४९ मत प्राप्त गरी सानदार जित हासिल गरे।

उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का प्रभावशाली नेता एवं पूर्वमन्त्री लीलानाथ श्रेष्ठलाई २२ हजार ९३ को भारी मतान्तरले पराजित गरे। एमालेका श्रेष्ठले १० हजार १५६ मत मात्र प्राप्त गरे। सिरहाको यो नतिजाले स्थापित राजनीतिक शक्तिहरूलाई ठूलो धक्का दिएको छ।

निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार विश्वनाथ साह ९ हजार ९४२ मतसहित तेस्रो स्थानमा रहे भने नेपाली कांग्रेसका उम्मेदवार सुभाषचन्द्र यादवले ९ हजार ८७९ मत प्राप्त गरी चौथो स्थानमा चित्त बुझाए। ४१ जना उम्मेदवार चुनावी मैदानमा रहेको यस क्षेत्रमा १ लाख १९ हजार २५० मतदातामध्ये ७६ हजार ४३० मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दियो।

सिरहाका चारवटै क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले हासिल गरेको यो जितले मधेसको राजनीतिमा परम्परागत शक्ति सन्तुलन पूर्ण रूपमा बदलिएको संकेत गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ