arrow

पर्साका चार ओटै क्षेत्रमा रास्वपाको 'क्लिन स्वीप', एमाले र कांग्रेसका दिग्गज नेता पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
rsp-rastriya-swatantra-party-final.jpg

काठमाडौँ। पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू फराकिलो मतान्तरले विजयी भए। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मधेसको 'गेटवे' मानिने पर्सामा रास्वपाले क्लिन स्वीप गर्दै स्थापित राजनीतिक शक्तिहरूलाई स्तब्ध पारेको छ।

निर्वाचन क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार बुद्धिप्रसाद पन्त २७ हजार २७४ मत ल्याएर विजयी भए। उनले नेकपा (एमाले) का प्रभावशाली नेता प्रदीप यादवलाई १४ हजार २४४ को भारी मतान्तरले पराजित गरे।

क्षेत्र नं २ बाट रास्वपाका सुशीलकुमार कानु ३० हजार ७४० मतसहित विजयी भए। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अजयकुमार चौरसियालाई १८ हजार ८५० मतान्तरले पछाडि पारे। कांग्रेसका चौरसियाले ११ हजार ८९० मत मात्र प्राप्त गरे।

क्षेत्र नं ३ मा रास्वपाका रामाकान्त चौरसिया २९ हजार ६७९ मतसहित विजयी भए। उनले नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीलाई १३ हजार ३१३ मतान्तरले पराजित गरे। कांग्रेसका चौधरीले १६ हजार ३६६ मत प्राप्त गरे।

क्षेत्र नं ४ मा रास्वपाका टेकबहादुर शाक्य २८ हजार ६ मत ल्याएर निर्वाचित भए। उनले नेपाली कांग्रेसका नेता रमेश रिजाललाई १५ हजार ४७३ मतान्तरले पराजित गरे। रिजालले १२ हजार ५३३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ