एक सय ५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपालाई १२० सिट, कांग्रेसलाई १७
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
10k
Shares
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ १६५ मध्ये १५६ ओटा निर्वाचन क्षेत्रको नतिजा आएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२०, नेपाली कांग्रेस १७, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ७, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ७ सिट जित्न सफल भएको छ ।
त्यस्तै श्रम संस्कृति पार्टी ३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र उम्मेदवार एक/एक जना विजयी भएका छन् ।
यो अवधिसम्ममा निर्वाचित उम्मेदवारमध्ये रास्वपाका अधिकांश उम्मेदवार ठूलो मतान्तरले विजयी भएका छन् ।
मतगणना जारी रहेका ८ स्थानमध्ये रास्वपा ५ स्थानमा अगाडि छ । एमाले ३ स्थानमा अगाडि रहेको छ ।