सर्लाही ४ मा नेकपाका रजनिशसहित ३५ उम्मेद्वारको जमानत जफत
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
849
Shares
सर्लाही । प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही ४ मा ३५ जना उम्मेद्वारको जमानत जफत भएको छ ।
जमानत जफत हुनेमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का रजनीश राय यादव, जनमत पार्टीका राकेश मिश्र, राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) का प्रदीप झा, जनता समाजवादी पार्टी (जसपा) का रामेश्वर राय, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का रामचरित्र सहनीसहित ३५ जना छन् ।
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरेश कुमार सिंहले ३५ हजार छ सय ८८ मत ल्याउँदै जित हासिल गरेका छन् भने नेपाली कांग्रेसका सभापति गगन थापाले २२ हजार आठ सय ३१ मत ल्याएका छन् ।
थापा र नेकपा एमालेका अमनिश कुमार यादवको पनि जमानत जोगिएको छ ।
निर्वाचन कानूनअनुसार आफ्नो निर्वाचन क्षेत्रमा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेद्वारको धरौटी रकम जफत हुने व्यवस्था छ ।
उम्मेद्वारी दर्ता गर्दा राखिएको रकम जफत भएपछि सो रकम राज्यकोषमा जाने कानूनी प्रावधान छ ।
यस क्षेत्रमा एक लाख २१ हजार १२ कुल मतदाता रहेकामा ७७ हजार नौ सय ३१ खसेको थियो।
यहाँ ७३ हजार ३ सय ६२ मत सदर भएको छ भने चार हजार ५६९ मत बदर भएको छ ।
यहाँ जमानत जोगाउन करिब सात हजार ३३६ मत आवश्यक थियो
जमानत जफत हुनेहमा पनि जनमत पार्टीका उम्मेद्वार राकेश मिश्रले १५ सय ७२ मत पाएका छन् भने नेकपाका उम्मेद्वार रजनीश राय यादवले १४ सय १ मत पाएका छन् अन्य उम्मेद्वारले पनि ५०० मतसमेत कटाउन सकेनन्र
साथै, जिल्लाका अन्य क्षेत्रमा पनि धेरै जना उम्मेदवारको जमानत जफत भएको छ ।
सर्लाही २ मा चर्चित उम्मेद्वारको रुपमा रहेका राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो, सर्लाही ३ मा नेपाली कांग्रेसका विनोद कुमार खनाल, नेकपा एमालेका हरि उप्रेति र सर्लाही १ मा नेकपाका प्रमोद साहलगायतको जमानत जफत भएको छ ।