arrow

एक सय ६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपालाई १२४ सिट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २५ सोमबार
election-result-design-31.jpg

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ १६५ मध्ये १६१ ओटा निर्वाचन क्षेत्रको नतिजा आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२४, नेपाली कांग्रेस १७, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ८, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ७, श्रम संस्कृति पार्टी ३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र उम्मेदवार एक/एक जना विजयी भएका छन् । 

यो अवधिसम्ममा निर्वाचित उम्मेदवारमध्ये रास्वपाका अधिकांश उम्मेदवार ठूलो मतान्तरले विजयी भएका छन् । 

मतगणना जारी रहेका ३ स्थानमध्ये रास्वपा १ स्थानमा अगाडि छ । कांग्रेस १ र एमाले १ स्थानमा अगाडि रहेको छ । 

धनुषा १ को मतपरिणाम सार्वजनिक नगर्न निर्वाचन आयोगले रोकेको छ । 

हाललाई १६४ स्थानको मात्र परिणाम आउने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ