arrow

नुवाकोट १ मा रास्वपाका तिमिल्सिना निर्वाचित, हारे महत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २५ सोमबार
bikram-timilsina-rsp-nuwakot1.jpg

त्रिशूली । नुवाकोट निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका डा विक्रम तिमिल्सिना विजयी भएका छन् । 

रास्वपाका तिमिल्सिनाले २२ हजार ६०९ मत ल्याएर विजयी भएको सहायक निर्वाचन अधिकृत प्रमोद रिजालले जानकारी दिए । त्यसैगरी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डा प्रकाशशरण महतले १८ हजार ५९७ मत प्राप्त गरे । 

नेपाली कम्युनिष्ट पार्टीका हितबहादुर तामाङले १३ हजार ३७७ मत, नेकपा एमालेका उम्मेदवार बद्री मैनालीले आठ हजार ९३२ मत र उज्यालो नेपाल पार्टीका उम्मेदवार अमित तामाङले दुई हजार ६३ मत प्राप्त गरे । 

नुवाकोट–१ मा १८ जना उम्मेदवार रहेकामा बाँकी सबैले एक हजारभन्दा कम मत ल्याएका छन् । राप्रपाका बिमला थापाले ७५६, श्रम संस्कृति पार्टीका दावा फेन्जु लामाले २८८, मङ्गोल नेशनल अर्गनाइजेशनका कुमार राना मगरले १५९, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी०का महेन्द्र तामाङ १५६ र प्रगतिशील लोकतान्त्रिक पार्टीका राजन गौतमले ८८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेपाल मजदुर किसान पार्टीका रबिन्द्र डङ्गोलले ५०, जनता समाजवादी पार्टीका होमबहादुर राईले २४ र मितेरी पार्टी नेपालका बिवेक सिलवालले ६ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत प्रमोद रिजालले जानकारी दिए । 

स्वतन्त्र उम्मेदवारहरु संजिव गुरुङले ६३, राजु थापा ४९ र चेपे तामाङले १४ मत प्राप्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ