arrow

दाङका उपसचिव भुवनेश्वरले मागे केपी ओलीको राजीनामा

logo
नारायण वली,
प्रकाशित २०८२ फागुन २५ सोमबार
uml-meeting-dang;final.jpg

लुम्बिनी । हालै सम्पन्न फागुन २१ गतेको निर्वाचनमा नेकपा एमालेको केन्द्रिय पदाधिकारीसहित कतिपय जिल्ला तहमा थ्रेसहोल्डसमेत कटाउन नसकेर हार बेहोर्नु परेको अवस्थामा नेकपा एमाले दाङका उपसचिव एवं बबई गाउँपालिका पूर्वअध्यक्ष भुवनेश्वर पौडेलले एमाले केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । दाङ क्षेत्र न-३ को तुलसीपुरमा क्षेत्रीय कमिटिले आयोजना गरेको समीक्षा बैठकमा बोल्दै पौडलले केन्द्रिय अध्यक्ष ओलीको राजीनामा मागेका हुन् । 

बैठकमा सहभागी एमाले केन्द्रिय कमिटि सदस्य द्धय कोमल वली र भर्खरै मात्र सम्पन्न प्रतिनिधिसभा सदस्यमा पराजित भएका पूर्वमेयरसमेत रहेका घनश्याम पाण्डेकै अगाडि भने, जब प्रतिनिधि छान्ने बेला भयो महासचिव ज्युले फल्नाफल्नालाई ल्याउनु भन्नुभएको छ, फल्नाफल्नालाई ल्याउनु, हामीले गरेको काम त्यही होइन ? अनि आज चुनाव हारेपछि के को समीक्षा ? चुनाव हार्ने बेला जसरी पनि अध्यक्ष बनाउने, त्यसपछि केपी ओलीलाई हामीहरुले बेच्न सक्दैनौं भनेर नेताहरुले बोलेकै कुरा हो त । होइन ?, केन्द्रिय कमिटिका सदस्यहरु यहाँहरु हुनुहुन्छ (कोमल वली घनश्याम पाण्डेलाई सिकाउँदै भने) केन्द्रिय कमिटिका सदस्य दुई जना हुनुहुन्छ, यहाँहरुले सन्देश त्यहाँ लग्नुपर्याे बैठकमा । केपी ओलीले राजीनामा दिनुपर्याे । त्यो कुरा गर्ने हो । यहाँ के को समीक्षा ? आक्रमकरुपमा बोल्दै पौडेलले भोट कहाँबाट आयो, कहाँबाट आएन, कसले ल्यायो, कसले ल्याएन, कसको वडाबाट आयो, कसको वडाबाट आएन । सबै कुरा जानकारी छ । पाइसक्यौं, । त्यसैले केन्द्रिय कमिटिका सदस्यहरुले बैठकमा जाँदाखेरी बैठकमा क्षेत्र न-३ दाङको तर्फबाट बोल्दाखेरी वहाँहरुले भन्नुपर्याे । केपी कमरेड तपाईले राजीनामा दिनुपर्नेछ । यदि अघिमुख दिईहाल्नु भयो भने भयो, यदि दिनुभएन, केन्द्रिय कमिटिको बैठक बस्यो भने, केपी कमरेड तपाईले राजीनामा दिनुपर्छ भनेर तपाईहरुले भन्नुपर्याे । यदि बोल्नु भएन भने तपाईहरु यहाँ (दाङ) नआउनु होला ।

दाङमा पहिलो पटक गरिएको समीक्षामा निर्वाचन आयोगका केन्द्रिय सदस्य हिराचन्द्र केसीले पार्टीको बहु पुर्नसंरचना गर्नुपर्ने बताउँदै नेतृत्व तह आफै विधान बन्न खोज्दा यो पराजय भोग्नुपरेको बताए । ७० वर्ष माथिकालाई पार्टीबाट बिदाई गर्नुपर्छ केसीले भने । सहभागीहरुले वडादेखि जिल्ला हुँदै केन्द्रीय कमिटिका अध्यक्षले राजीनामा दिनुपर्नेमा जोड दिदै तत्काल नेकपा एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यले राजीनामा दिएर नैतिकता देखाउनुपर्ने जनाए । 

बैठकमा दाङका प्रचार विभाग प्रमुख संगित बस्यालले माथिदेखि तलसम्म आफूलाई समय अनुसार परिवर्तन गर्न नसके भोलिका दिनमा यो भन्दा भयावह अवस्था आउन सक्ने जिकिर गरे । सहभागीहरुले  निर्वाचनको समयमा खटेका पार्टी कार्यकर्ताहरुले जनतालाई विगतमा देखाएको आशा र अपेक्षा अनुसार जितेर गएको जनप्रतिनिधिले काम नगर्दा स्वयम कार्यकर्ता र जनतामा निराशा छाएको गुनासो पोखेका थिए । 

बैठकमा उपस्थित प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार घनश्याम पाण्डे र कोमल वलीले निर्वाचनको समयमा खट्ने नेता, कार्यकर्ता तथा मतदाता सबैलाई धन्यवाद दिदै नेता कार्यकर्ताको सबै गुनासोलाई आत्मसाथ गर्दै आगामी दिनमा पार्टीलाई गतिशील बनाउन आफ्नो जिम्मेवारीलाई बफदार बनाउने धारणा राखे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ