राजविराज । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा विद्युत सर्ट भई डेन्टल ओपीडी सेवाको भवनमा आगलागी भएको छ ।
सो आगलागीबाट डेन्टल विभागका तीन थान डेन्टल मेसिन, २ थान कम्प्रेसर मेसिन, २ थान डेक्स, ३ थान डेन्टल कुर्सी, एक थान फ्रीज र ७ वटा पङ्खा पूर्णरुपमा जलेर नष्ट भएको छ । रासस