arrow

सुधन गुरुङ गोरखा १ बाट निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २५ सोमबार
sudhan-gurung-rsp-gorkha1.jpg

गोरखा । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ गोरखा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार सुधन गुरुङ निर्वाचित भएका छन् । 

सोमबार सम्पन्न भएको मतगणनामा रास्वपाका गुरुङले २९ हजार ८९६ मत ल्याएर विजयी भएको निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए । 

उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीलाई १४ हजार ४९८ मतले पराजित गरेका हुन् । कांग्रेस उम्मेदवार खत्रीले १५ हजार ३९८ मत प्राप्त गरे । 

यस्तै नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गरेको सूचना अधिकारी सुवेदीले बताए । त्यस्तै नेकपा एमालेका उम्मेदवार रामचन्द्र लामिछानेले तीन हजार ७३२ मत प्राप्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ