arrow

हुम्लामा समानुपातिकतर्फ कांग्रेस पहिलो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २६ मंगलबार
election-2082.jpg

हुम्ला । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हुम्ला जिल्लामा नेपाली कांग्रेस पहिलो दल बनेको छ। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणामअनुसार कांग्रेसले सबैभन्दा बढी ७ हजार ९ सय १५ मत प्राप्त गरेको हो।

समानुपातिकतर्फ नेपाली कम्युनिस्ट पार्टी पाँचकोण तारा चुनाव चिन्हसहित ६ हजार २ सय ३१ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ भने नेपाल कम्युनिस्ट पार्टी (एमाले) सूर्य चिन्हसहित ५ हजार २ सय ८० मत प्राप्त गरी तेस्रो स्थानमा रहेको छ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले २ हजार ३५ मत, प्रगतिशील लोकतान्त्रिक पार्टीले २ सय १४ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ सय ६ मत प्राप्त गरेका छन्। अन्य साना दलहरूले भने न्यून मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हुम्लामा कुल ३६ हजार २३ मतदाता रहेकोमा २२ हजार ५ सय २५ मत खसेको थियो। खसेको मतमध्ये २२ हजार ४ सय ३२ मत सदर भएका छन् भने ३ सय ९३ मत बदर भएका छन्।

यसअघि प्रत्यक्षतर्फ पनि हुम्लाबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका जयपति रोकाया विजयी भइसकेका छन्। समानुपातिकतर्फ पनि कांग्रेस पहिलो दल बनेसँगै यसपटकको निर्वाचनमा हुम्लामा कांग्रेसको जनाधार बलियो देखिएको राजनीतिक विश्लेषकहरूले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ