arrow

समानुपातिकमा एक करोड चार लाख मत गनियो, रास्वपाले नघायो ५० लाख 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २६ मंगलबार
rsp-nc-uml-ncp.jpeg

काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचनको प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अहिलेसम्मकै नेपालका निर्वाचनको इतिहासकै उच्च सिट जित्दा समानुपातिकतर्फ पनि उच्च मत प्राप्त गरेको छ । 

अहिलेसम्म १ करोड ४ लाख ३६ हजार ६७५ सदर मत गणना हुँदा रास्वपाले ५० लाख १० हजार ७७३ मत प्राप्त गरेको छ । 

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ९४ हजार २९७ मत पाएको छ । त्यस्तै नेकपा एमालेले १४ लाख १२ हजार ७६९ मत पाएको छ नेपाली कम्युनिष्ट पार्टी नेकपाले ७ लाख ६७ हजार ७३८ मत पाएको छ । श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४५० मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ३ लाख २५ हजार ३०० मत पाएको छ । 

जनता समाजवादी पार्टी नेपालले १ लाख ७२ हजार १५८ मत पाएको छ । राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ६६ हजार ४५१ मत पाएको छ । 

जनमत पार्टीले ७६ हजार ८८२ मत पाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ