arrow

छ पार्टी राष्ट्रिय दल बन्ने पक्का, एक करोड चार लाख ९५ हजार मत गन्दा कसलाई कति ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २६ मंगलबार
rsp-nc-uml-ncp.jpeg

काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचनमा छ पार्टीले राष्ट्रिय दलको मान्यता पाउने पक्का भएको छ । फागुन २१ को निर्वाचनबाट चार वर्षअघि गठित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अहिलेसम्मकै नेपालका निर्वाचनको इतिहासकै उच्च मतसहित शीर्ष स्थानमा रहेको छ । 

यसअघिको निर्वाचनको पहिलो दल नेपाली कांग्रेस दोस्रो, नेकपा एमाले तेस्रो, नेपाली कम्युनिष्ट पार्टी चौथो स्थानमा रहेको छ । 

जेन-जी आन्दोलनपछि बनेको श्रम संस्कृति पार्टी छोटो अवधिमै पाँचौँ स्थानमा रहेर राष्ट्रिय दल बन्न सफल भएको छ । 

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा भने छैटौँ स्थानमा झरेको छ । उसले आफूलाई मुस्किलले राष्ट्रिय पार्टी बनाउन सफल भएको छ । 

जनता समाजवादी पार्टी जसपा भने सुरक्षित भएन । त्यस्तै पहिलो पटक सहभागी राष्ट्रिय परिवर्तन पार्टी पनि सुरक्षित हुन सकेन । 

१ करोड ४ लाख ९५ हजार २१८ सदर मत गणना हुँदा रास्वपाले ५० लाख ३३ हजार ६९१ मत प्राप्त गरेको छ । 

कांग्रेसले १७ लाख ५ हजार २०४ मत पाएको छ । त्यस्तै एमालेले १४ लाख २१ हजार २६२ मत पाएको छ । नेकपाले ७ लाख ७५ हजार ५३ मत पाएको छ । श्रम संस्कृति पार्टीले ३ लाख ६२ हजार १७४ मत प्राप्त गरेको छ । राप्रपाले ३ लाख २६ हजार १७४ मत पाएको छ । 

जनता समाजवादी पार्टी नेपालले १ लाख ७२ हजार ९७० मत पाएको छ । राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ६६ हजार ८४८ मत पाएको छ । 

जनमत पार्टीले ७७ हजार ८६९ मत पाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ