arrow

पशुपतिनाथ मन्दिर दर्शनमा केही सहज, छ हजारबढी स्वयंसेवक

logo
प्रकाशित २०७३ फागुन १३ शुक्रबार
pashupati-line.jpeg
काठमाडौँ । महाशिवरात्रीका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न केही सहज भइरहेको भक्तजनले बताएका छन् । बिहानैदेखि पशुपतिनाथ मन्दिर दर्शनका लागि खुला गरिएकाले पनि दर्शनका लागि सहज भएको भक्तजनले बताएका छन् । बिहान साढे ३ बजे नै उत्तर, पश्चिम र दक्षिण ढोका खुला गरिएकामा पूर्वी ढोका साढे ७ बजेदेखि खुला गरिएको थियो । 
 
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा चार हजार नेपाल प्रहरी, दुईहजार पाँचसय सशस्त्र प्रहरी र चारसय राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको जनाएका छन् । 
 
विभिन्न संघसंस्थाका झण्डै छ हजार स्वयंसेवकसमेत खटिएको बताइएको छ । सोही क्रममा हिन्दू एकता मञ्चले पनि दर्शनार्थीका लागि पानी र चियाकफीको व्यवस्था गरेको जनाएको छ । मञ्चले तीन हजार लिटर पानी वितरण गर्न राखिएको र अपुग भए अझै पानी ल्याउने जनाएको छ । मञ्चका अध्यक्ष गणेश रिमालले बिहीबाररातिदेखि नै आफ्ना स्वयंसेवकहरु खटिएको जनाएका छन् । 
 
महाशिवरात्रीमा झण्डै १३ दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने कोषको अनुमान छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ