arrow

कर्णालीमा ९० उम्मेदवारको धरौटी जफत: ३६ जनाले सय मत पनि कटाउन सकेनन्

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २७ बुधबार
election-2082-new.jpg

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा प्रतिस्पर्धा गर्ने अधिकांश उम्मेदवारको धरौटी जफत भएको छ। प्रदेशका १२ वटा निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कूल १३८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिए पनि केवल ४८ जनाले मात्र आफ्नो धरौटी जोगाउन सफल भएका छन्। बाँकी ९० जना उम्मेदवारले निर्वाचन कानुनअनुसार धरौटी फिर्ताका लागि आवश्यक न्यूनतम मत प्राप्त गर्न नसकेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ।

सबैभन्दा धेरै मतदाता रहेको सुर्खेतका दुई निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका ३० जना उम्मेदवारमध्ये २४ जनाको धरौटी जफत भएको छ भने ६ जनाले मात्र साख जोगाएका छन्। प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमुख लालबहादुर गुरुङका अनुसार दैलेखका दुई निर्वाचन क्षेत्रमा रहेका २१ उम्मेदवारमध्ये दुवै क्षेत्रबाट ४–४ जनाले मात्र धरौटी जोगाएका छन्। दैलेख क्षेत्र नम्बर १ मा १० र क्षेत्र नम्बर २ मा ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए।

यसैगरी जुम्ला जिल्लाका १० उम्मेदवारमध्ये ४ जनाले मात्र धरौटी फिर्ता गर्न सकेका छन् भने ११ जना उम्मेदवार रहेको जाजरकोटमा ३ जना र १६ जना उम्मेदवार रहेको सल्यानमा ६ जनाले मात्र धरौटी जोगाएका छन्। १२ जना उम्मेदवार रहेको रुकुम पश्चिममा ३ जना र ८ जना उम्मेदवार रहेको हुम्लामा ४ जनाले मात्र धरौटी जोगाउन सफल भए। निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार कालिकोटमा ४ जना र डोल्पामा ३ जना उम्मेदवारको मात्र धरौटी जोगिएको छ। कर्णालीका ३६ जना उम्मेदवारले त १०० मतको आँकडा समेत पार गर्न नसकेको पाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ