arrow

पत्रकार महासंघको कार्यालयमा आमरण अनसन जारी, प्रेस युनियनको गम्भीर ध्यानाकर्षण

अनसनरतहरुको स्वास्थ्य गम्भीर बन्दै

logo
प्रकाशित २०७३ फागुन १३ शुक्रबार
FNJ.jpeg
काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय तीन दिनदेखि ठप्प छ । विभिन्न ४ बुँदे माग राखी तीन दिनदेखि महासंघ केन्द्रीय कार्यालयमा दुई जना आमरण अनसन बसेका छन् । आमरण अनशनमा बसेका नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुङगाना र इलाम शाखाका सदस्य प्रेम अधिकारीको अवस्थासमेत बिग्रदै गएको छ ।
 
अनसनरतहरुको बिग्रदो स्वास्थ्य अवस्था र महासंघ नेतृत्वले जिम्मेवारीवोध नगरेको विषयमा नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ । महासंघकै एउटा शाखाका अध्यक्ष सहितका दुई पत्रकार महासंघको केन्द्रीय कार्यालयको मुलढोकामा आमरण अनशनमा रहेपनि महासंघ नेतृत्व उनीहरुको माग सम्वोधन गर्न छाडी असारे मेलो छोप्न झै दौडधुपमा रहेको देख्दा हामी अचम्मित भएको भन्दै प्रेस युनियनले विज्ञप्ति निकाल्दै विरोध गरेको छ । 
 
आमरण अनशन जस्तो अत्यन्तै कठिन आन्दोलनमा उत्रिएका साथीहरु र उनीहरुका मागलाई नजरअन्दाज गर्दै महासंघ नेतृत्वले देखाएका व्यवहारहरु इतिहासको कठघरामा रहने छन् भन्दै युनियनले तत्काल माग संवोधन गरी समस्याको समाधान गर्न आग्रह गरेको छ । 
 
प्रेस युनियनले जारी गरेको विज्ञप्ति यस्तो छ –
 
प्रेस विज्ञप्ती
 
विभिन्न ४ बुँदे माग राखि तीन दिनदेखि नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा आमरण अनशनमा बस्नुभएका नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुङगाना र इलाम शाखाका सदस्य प्रेम अधिकारीको विग्रदो स्वास्थ्य अवस्था र महासंघ नेतृत्वले जिम्मेवारीवोध नगरेको विषयमा नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ । महासंघकै एउटा शाखाका अध्यक्ष सहितका दुई पत्रकार महासंघको केन्द्रीय कार्यालयको मुलढोकामा आमरण अनशनमा रहेपनि महासंघ नेतृत्व उनीहरुको माग सम्वोधन गर्न छाडी असारे मेलो छोप्न झै दौडधुपमा रहेको देख्दा हामी अचम्मित भएका छौ । आमरण अनशन जस्तो अत्यन्तै कठिन आन्दोलनमा उत्रिएका साथीहरु र उनीहरुका मागलाई नजरअन्दाज गर्दै महासंघ नेतृत्वले देखाएका व्यवहारहरु इतिहासको कठघरामा रहनेछन् । 
 
आमरण अनशनमा रहेका आफ्नै सदस्यहरुको माग सम्वोधन गर्न तथा अनशन तोडाउने सामान्य पहल समेत नगरि  न्यूनतम मानविय संवेदना समेत महासंघ नेतृत्वले नदेखाएको पत्रकारहरुमाझ नै चर्चाको विषय भएको छ । नेपाल प्रेस युनियन नेपाल पत्रकार महासंघको दुरगामी हितको लागि अनशनकारीद्वय पत्रकारहरुले उठाएका मागहरुप्रति ऐक्यवद्धता जनाउँदै अनशनकारी पत्रकारहरुको जीवनरक्षाका लागि जिम्मेवारीवोधका साथ प्रस्तुत हुन नेपाल पत्रकार महासंघको नेतृत्वलाई सचेत गराउँछ । साथै अनशनकारी पत्रकारहरुको माग पुरा गरि उनीहरुको जीवन रक्षाका लागि महासंघ नेतृत्वलाई दवाव दिन मानवअधिकार आयोग लगायत मानवअधिकारवादी संघ संस्था र नागरिक समाजलाई पनि यसै विज्ञप्ती मार्फत अपिल गर्दछौ । जय नेपाल। 
 
अजयबाबु शिवाकोटी
महासचिव
नेपाल प्रेस युनियन
 
मितिः २०७३ फागुन १३



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ