arrow

टी–२० विश्वकप सफलताको रहस्य खोले गौतम गम्भीरले

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २७ बुधबार
gautam-gambhir.jpeg

काठमाडौँ । भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीरले सामाजिक सञ्जाललाई 'नकारात्मक र टक्सिक' संस्कृतिको संज्ञा दिँदै खेलाडीहरूलाई यस्तो वातावरणबाट टाढा राख्नुपर्ने बताएका छन्। हालै भारतले टी–२० विश्वकप २०२६ को उपाधि जितेपछि सञ्चारमाध्यमसँग कुरा गर्दै उनले टोलीको सफलताको एउटा मुख्य कडी नै खेलाडीलाई बाहिरी दबाब र सामाजिक सञ्जालको प्रभावबाट मुक्त राख्नु रहेको खुलासा गरे।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनल खेलमा न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै भारतले विश्वकपको ट्रफी उचालेको थियो। गम्भीरका अनुसार प्रतियोगिताभर टोलीले "बाहिरी अवरोध" कम गर्ने रणनीति अपनाएको थियो, जसले गर्दा खेलाडीहरूले आलोचना र अनावश्यक अपेक्षाको बोझबिना आफ्नो प्रदर्शनमा मात्र ध्यान केन्द्रित गर्न सके। "आजको समयमा सामाजिक सञ्जाल अत्यन्तै नकारात्मक भएको छ। खेलाडीहरू पनि मानिस हुन्, उनीहरूबाट खेलका दौरान गल्ती हुनु स्वाभाविक हो," उनले भने।

प्रशिक्षक गम्भीरले आफू सामाजिक सञ्जालमा आउने टिप्पणीहरूप्रति जवाफदेही नभई आफ्ना खेलाडी र वास्तविक क्रिकेट समर्थकप्रति मात्र जिम्मेवार रहेको स्पष्ट पारेका छन्। प्रशिक्षकको रूपमा आफ्नो प्राथमिक काम आलोचकहरूलाई गलत साबित गर्नु नभई खेलाडीहरूलाई पूर्ण समर्थन र सुरक्षा प्रदान गर्नु रहेको उनको तर्क छ।

सामाजिक सञ्जालमा केवल 'भ्युज' र 'लाइक'का लागि नकारात्मक भाष्य (न्यारेटिभ) निर्माण गर्ने प्रवृत्ति बढेको भन्दै उनले यस्तो वातावरणबाट खेलाडीको मानसिकता जोगाउनु चुनौतीपूर्ण रहेको बताए। साथै, खेलमा देखिने आक्रामकता स्वाभाविक भएको र देशका लागि खेल्दा जित्नका लागि गरिने प्रयासलाई अनावश्यक रूपमा आलोचना गरिनु दुःखद भएको उनले उल्लेख गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ