arrow

पौराणिक कथामा शिवरात्रि व्रत र शिवको उदारता

logo
कल्की अवतार,
प्रकाशित २०७३ फागुन १३ शुक्रबार
Shivaratri.png
काठमाडौं । परापूर्व कालमा चित्रभानु नामक एक शिकारी कुनै एक मुलुकमा थिए । उनी सोही गाउँको मुखियाका ऋणि पनि थिए । चित्रभानुको दैनिकी नै जंगलमा जाने र जंगली जनावरलाई मारेर आफ्नो परिवारको गुजारा चलाउने गरेका थिए । 
उनले तोकिएको मितिमा साहुलाई ऋण चुक्ता गराउन नसकेपछि उनी एकदिन शिब मन्दिरमा रातभर बन्दी बनेर बस्न समेत बाध्य भएका थिए । सो दिन शिवरात्रिको दिन थियो ।
 
उनी रातभर नै शिवमन्दिरमा बसेर शिब स्तुतीका कथाहरु सुनिरहेका थिए । त्यतिकैमा विहान भयो र उनलाई ऋणको विषयमा कुरा गर्नको लागि शिव मन्दिरबाट शाहुले आफ्नो घरमा बोलाए । अघिल्लो दिन नै उनको पैसा तिर्ने भनेर तोकिएको म्याद सकिईसकेको थियो । तै पनि उनले जतिसक्दो चाँडो शिकार गरेर नै पैसा चुक्ता गर्ने प्रतिबद्धता व्यक्त गरी त्यहाँबाट शिकार खेल्नको लागि हिँडे ।  
 
उनी त्यसदिन आफ्नो गाउँबाट धेरै टाढाको जंगलमा गएका थिए । विहानै पनि शिबमन्दिरबाट हिँडेका उनले केही पनि खान पाएका थिएनन् । अर्थात् उनी भोका थिए । त्यहाँबाट उनी हिँड्दै जाँदा रात परेपछि त्यो रात त्यही जंगलमा विताउने सोच बनाएर उनी एउटा बेलको रुखमा चढे । 
 
बेलको रुपमा चढेर त्यहाँ आफ्नो आसन बनाउन मात्रै लागेका थिए सोही क्रममा एउटा बेलको पात झर्यो र सोही रुख मुनी रहको महादेवको प्रतीक शिवलिंगमा सोपात गएर पर्यो । जुन समय रातको पहिलो प्रहर भएको थियो । त्यो शिकारीलाई पत्तो पनि भएन ऊ सुत्न लागेको थियो सोही क्रममा नजिकै रहेको तलाउमा पानी खानको लागि एउटी गर्भिणी मृगिणी गईरहेको देख्यो । उसले सो मृगिणीलाई ताकेर धनुषमा बाँण चढाएको मात्रै थियो ।
 
मृगिणीले आफू गर्भिणी रहको बताउँदै गर्भिणीलाई मारेर शिकारीको भलो नहुने चेतावनी दिईन् । बरु छिट्टै बच्चा जन्माएर उसको शिकार बन्न आउने भनेर उनी झाडीतिर लागिन् । त्यत्तिकैमा हान्न लागेको बाँण माथितिर छाड्दा अर्काे बेलको पात झरेर फेरि शिवलिंगमा पर्यो । सो समयमा रातको दोस्रो प्रहर भईसकेको थियो । 
 
त्यसको केही समय पछाडि अर्की मृगिणी फेरि बच्चा सहित आईन् । ती मृगिणीलाई पनि त्यो शिकारीले त्यसै गरी बाँणले हान्न लागेको थियो । ती मृगिणीले पनि आफू बच्चलाई उसको बाबुको पास लैजान लागेको भन्दै यो बच्चा उसको बाबुको पास पुर्याएर आफू शिकार हुन आउने प्रतिवद्धता जाहेर गरिन् । 
 
आफ्नो हातमा आएको शिकार नछाड्ने किनकी आफ्नो घरमा बच्चाहरु भोका रहेको बताउने शिकारीलाई ती मृगिणीले तिमीलाई आफ्नो बच्चाको जति माया लाग्छ आफूलाई पनि त्इत्ति लाग्ने बताएपछि फेरि आउने शर्तमा शिकारीले धनुषमा चढाईसकेको बाण पनि त्यसै फिर्ता गर्यो । 
 
यसरी वाण त्यसै तल झार्दा फेरि अर्काे बेलपत्र झरेर शिवलिंगमा पर्यो । यतिबेला विहानको तेस्रो प्रहर चनिरहेको थियो । तीनवटा शिकार त्यसै छाडेको उक्त शिकारी भोको पेटमा रातभरी गरेर तीनवटा बेलपत्र अन्जानमा नै शिबलाई चढाईसकेको थियो । त्यत्तिकैमा रातको चौथो प्रहरमा शिकारीका लागि अर्काे शिकार भेटियो एउटा बढेमानको मृग ।
 
उसले पनि आफूलाई शिकारीले मार्न लागेको देखेर यस भन्दा अघि आएका आफ्ना तीन सन्तान तथा परिवारलाई मारिसकेको भए आफूलाई पनि बाँकी नराख्न शिकारीसँग आग्रह गर्यो । उनीहरुबिना आफूपनि बाँच्न नसक्ने भन्दै नमारेको भए एकपटक मलाईपनि छाडिदेउ उज्यालो हुने वित्तिकै म पनि फेरि तिम्रो शिकार हुन परिवार सहित आउछु भनेर भनिसकेपछि शिकारीले त्यो मृगलाई पनि छाडिदियो । उसलाई पनि हान्न खोजेको धनुस फिर्ता गर्दा फेरि अर्काे बेलको पात खसेर शिवलिंगमा पर्यो यतिबेला उज्यालो भईसकेको थियो । 
 
यसरी रातभरी हरेक प्रहरमा जागा बसेर आफूलाई बेलकृक्ष चढाएको शिकारीलाई शिवले आएर बरदान माग्न लगाए । त्यतिबेला मात्रै ती शिकारी अचम्ममा परे कि आफूले नजान्दा नजान्दै पनि शिव प्रसन्न भए भनेर । यसरी ती शिकारी सबै घरव्यवहार सकेर शिवमा नै लीन हुनसकू भनी बैंकुण्ठमा गए भन्ने कथा विविन्न धार्मिक पुस्तकहरुमा भेटिन्छ । यसको अर्थ पनि अन्जानमा पूजा गर्ने भक्तलाई त शिवले यति करुणा गर्छन् भन् मनैदेखि शुद्ध र पवित्र आत्माले भक्तिगर्नेहरुको लागि त शिव खुशी नहुने कुरै नभएको व्यहोरा धर्मशास्त्रमा उल्लेख छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ