arrow

धादिङका तीनवटा क्याम्पसमा शनिबार स्ववियु निर्वाचन

logo
प्रकाशित २०७३ फागुन १३ शुक्रबार
Student-election.jpeg
धादिङ । यही फागुन १८ गते स्ववियुको निर्वाचन हुने कार्यतालिका रहेकोमा धादिङमा निर्वाचन हुने आठवटा क्याम्पसमध्ये तीनवटा क्याम्पसमा फागुन १४ गते नै निर्वाचन हुनेभएको छ । 
 
यही फागुन १४ गते नै निर्वाचन गर्नेगरी विद्यार्थी सङ्गठनबीच सहमति भई निर्वाचन प्रक्रियालाई अगाडि बढाइएको र निर्वाचनका लागि तयारी पूरा गरिएको पत्रकार भेटघाट कार्यक्रममा निर्वाचन समितिका संयोजक बद्री कोइरालाले बताए। 
 
निर्वाचन हुने क्याम्पसमा धादिङबेसीस्थित नीलकण्ठ बहुमुखी क्याम्पस, गजुरीस्थित आदर्श बहुमुखी क्याम्पस र खानीखोलास्थित मच्छिन्द्र बहुमुखी क्याम्पस रहेका छन् । बाँकी पाँच क्याम्पसमा फागुन १८ गते नै निर्वाचन हुनेछ । 
 
संयोजक कोइरालाका अनुसार निर्वाचनमा नेवि सङ्घ, अनेरास्ववियु, अखिल क्रान्तिकारी र नयाँ शक्ति विद्यार्थी युनियनले प्रतिस्पर्धा गरिरहेको र नीलकण्ठ क्याम्पसमा सातसय ७९, आदर्श क्याम्पसमा एकसय २६ र मच्छिन्द्र क्याम्पसमा ६३ जना विद्यार्थी मतदाता रहेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ