arrow

कोशी प्रदेशमा एक लाख ३० हजारभन्दा बढी मत बदर, मोरङ–५ मा सबैभन्दा धेरै प्रतिशत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २८ बिहिबार
election-falgun2102082-1.jpg

काठमाडौँ । कोशी प्रदेशमा यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ३० हजार ८४७ मत बदर भएको छ। प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार प्रदेशका १४ जिल्लाका २८ निर्वाचन क्षेत्रमा कुल २० लाख ८४ हजार २१९ मत खसेकोमा १९ लाख ५३ हजार ३७२ मत मात्र सदर भएको थियो।

क्षेत्रगत रूपमा हेर्दा ताप्लेजुङमा दुई हजार ६८६, पाँचथरमा तीन हजार ८९७ र इलाम क्षेत्र नं १ मा चार हजार ५६६ तथा क्षेत्र नं २ मा तीन हजार ८९५ मत बदर भएको छ। झापा जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रहरूमध्ये क्षेत्र नं १ मा चार हजार २६९, क्षेत्र नं २ मा चार हजार ४६९, क्षेत्र नं ३ मा पाँच हजार ६२९, क्षेत्र नं ४ मा चार हजार ७६८ र क्षेत्र नं ५ मा चार हजार २१९ मत बदर भएको कार्यालयले जनाएको छ।

यसैगरी सङ्खुवासभामा तीन हजार ७८०, तेह्रथुममा एक हजार ९०९, भोजपुरमा तीन हजार ८७१ र धनकुटामा चार हजार ८८३ मत बदर भएको छ। मोरङ जिल्लाका ६ वटा निर्वाचन क्षेत्रहरूमध्ये क्षेत्र नं १ मा चार हजार ८३७, क्षेत्र नं २ मा छ हजार ५०, क्षेत्र नं ३ मा छ हजार ८२७, क्षेत्र नं ४ मा पाँच हजार २५६, क्षेत्र नं ५ मा सात हजार ८८९ र क्षेत्र नं ६ मा पाँच हजार ६४४ मत बदर भएको देखिन्छ।

सुनसरी जिल्लाका चार क्षेत्रहरूमध्ये क्षेत्र नं १ मा चार हजार ४८९, क्षेत्र नं २ मा छ हजार २२९, क्षेत्र नं ३ मा छ हजार ६११ र क्षेत्र नं ४ मा छ हजार ६७४ मत बदर भएको छ। हिमाली तथा पहाडी जिल्लाहरू सोलुखुम्बुमा एक हजार ९९०, खोटाङमा तीन हजार ९२८ र ओखलढुङ्गामा तीन हजार ३५६ मत बदर भएको छ भने उदयपुर क्षेत्र नं १ मा पाँच हजार ५४७ र क्षेत्र नं २ मा तीन हजार ६७३ मत बदर भएको छ। समग्र तथ्याङ्क अनुसार सबैभन्दा बढी मत बदर मोरङको क्षेत्र नं ५ मा १० दशमलव ०६ प्रतिशत र सबैभन्दा कम झापा क्षेत्र नं ५ मा तीन दशमलव ९६ प्रतिशत रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ