arrow

रुख ढलेर किच्दा किशोरीको गयो ज्यान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २९ शुक्रबार
Jhapa-hamrakura.jpg.jpeg

काठमाडौँ । झापाको हल्दिबारीमा गए राति आएको भीषण हुरीका कारण रुख ढल्दा एक किशोरीको दुखद निधन भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार हल्दिबारी गाउँपालिका–२ निवासी १७ वर्षीया आरती राजवंशीको घटनास्थलमै मृत्यु भएको हो। 

राति आफ्नै घरमा सुतिरहेको अवस्थामा अचानक रुख ढलेर घरमाथि थिचिँदा यो अप्रत्याशित घटना भएको प्रहरीले जनाएको छ।

यस वर्षको प्रि-मनसुन सुरु भएसँगै देशका विभिन्न भागमा हावाहुरी र चट्याङका घटनाहरू बढ्न थालेका छन्, जसले धनजनको क्षति निम्त्याइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ