arrow

इनिशाका बलात्कारी र हत्यारालाई कडा कारबाही गर्न माग गर्दै प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २९ शुक्रबार
nyay-de-sarkar-crime.jpg

काठमाडौँ । सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिशा विकको सामूहिक बलात्कारण्पछि हत्यामा संलग्न अपराधीमाथि कडा कारबाही गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ ।
 
शुक्रबार काठमाडौँको माइतीघर मण्डलामा भेला भई उनीहरुले सो जघन्य अपराधको घटनामा संलग्नमाथि कडा कारबाही गर्न र आगामी दिनमा त्यस्तो घटना हुन नदिनका लागि सरकारलाई दबाब दिएका हुन् । 

आवश्यक परे कानूनमा संशोधन गरेर भए पनि हत्या, बलात्कारजस्ता जघन्य अपराधका घटना फेरि पनि हुन नपाओस् भनेर सरकारलाई दबाब दिन आफूहरुले सरकारसँग खबरदारी गर्नुपरेको सामाजिक अभियन्ता कविता चन्द सोडारीले बताइन् । 

उनले यस्ता जघन्य अपराधका घटनामा जिम्मेवार निकाय आफैँले संरक्षण गर्ने गरेको आफूहरुलाई आशंका लागेको भन्दै आक्रोशसमेत व्यक्त गरिन् । 

सामाजिक अभियन्ता सोडारीले भनिन्,‘यो बलात्कारको घटना जुन सुर्खेतमा घट्यो । यो निकै दयनीय अवस्था छ । यस्तो खाले घटना पटकपटक भइरहँदा उपराधीहरु उत्साहित भइरहेका हुन् कि भन्ने अड्कल गर्न सकिन्छ । यो घटनामा निकै जघन्य अपराध देखिन्छ । यस्तो जघन्य अपराधको घटनामा सरकारका जिम्मेवार निकायहरुले विभिन्न घटनाहरुलाई ढाकछोप गर्ने तत्वहरुलाई निमिट्यान्न पार्नका लागि नीतिगत रुपमा नै करेक्शन गर्नुपर्छ किभनेर हामीले सामाजिक विरोधका कार्यक्रम गरेका हौँ ।’

प्रदर्शनमा उत्रिएकाहरुले इनिशालाई न्याय देउ, बालिकामाथि हुने बलात्कार, हिंसा, हत्या बन्द गरलगायत लेखिएको प्लेटकार्ड समेत प्रदर्शन गरेका थिए । 

उनीहरुले सरकारले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि कडा कानूनी व्यवस्था गर्न आवश्यक रहेको धारणासमेत राखेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ