arrow

जुम्लामा ग्यास अभाव हुन नदिन प्रशासनको सक्रियता, अब अभिलेख राखेर मात्रै सिलिन्डर वितरण गरिने

ग्यास लिन बसपार्कमा उपभोक्ताको लामो लाइन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ३० शनिबार
jumla-gass-.jpg

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा तेल उत्पादक देशहरूबीच बढेको तनावको बाछिटा कर्णालीको हिमाली जिल्ला जुम्लासम्म पुगेको छ। ग्यासको सम्भावित अभाव हुने डरले जुम्लाको बसपार्क क्षेत्रमा उपभोक्ताहरू सिलिन्डर लिन घण्टौँदेखि लामबद्ध हुन थालेका छन्। बजारमा ग्यासको माग अचानक बढेपछि र आपूर्तिमा समस्या आउन सक्ने संकेत देखिएपछि स्थानीय प्रशासनले यसलाई व्यवस्थित गर्न सक्रियता देखाएको छ।

ग्यास वितरणलाई पारदर्शी बनाउन र कालोबजारी रोक्न जिल्ला प्रशासन कार्यालय जुम्लाले सरोकारवाला निकायहरूसँग विशेष छलफल गरेको छ। निमित्त प्रमुख जिल्ला अधिकारी मिनबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण कार्यालय र स्थानीय ग्यास डिलरहरूसँग समन्वय गरी वितरण प्रणालीलाई कडाइका साथ निगरानी गर्ने निर्णय गरेको हो।

नयाँ व्यवस्थाअनुसार जुम्लाका प्रमुख विक्रेताहरू न्यु बुढा जनरल स्टोर र लगन स्टोर एण्ड सप्लायर्सले अबदेखि उपभोक्ता र सिलिन्डरको पूर्ण अभिलेख राखेर मात्र ग्यास बिक्री गर्नुपर्नेछ। प्रशासनले जिल्ला भित्रिने ग्यासको परिमाण, डिलरले प्राप्त गरेको मौज्दात र उपभोक्तासम्म पुगेको विवरणलाई निश्चित ढाँचामा (फरमेट) अनिवार्य रूपमा अध्यावधिक गर्ने नीति लिएको छ। यस कदमले अनावश्यक सञ्चिति र कृत्रिम अभाव सिर्जना गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै वास्तविक उपभोक्तालाई सहजै इन्धन उपलब्ध गराउने विश्वास लिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ