arrow

पाँचथर बहुमुखीमा विद्यार्थीले क्याम्पस प्रमुखसहित ५ जनालाई थुने

नामावली पनि च्यातिदिए

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ फागुन १४ शनिबार
tala-banidi-ra-thune.jpeg

पाँचथर । अखिल क्रान्तिकारी र अनेरास्ववियुले पाँचथर बहुमुखी क्याम्पसका प्रमुखसँगै निर्वाचन समिति संयोजक र सदस्यहरुलाई थुनिदिएका छन् । निर्वाचन समितिको कार्यालयमा वैठक बसिरहकै बेला दुई विद्यार्थी सङ्गठनले क्याम्पस प्रमुख खेमनाथ खतिवडा, निर्वाचन समितिका संयोजक गणेश पोखरेल, समितिका सदस्यहरु खड्गनारायण आङदेम्बे, थलप्रसाद ढुङ्गेल, रवीन्द्र खतिवडा लगायतलाई कार्यालयको ढोकामा ताला लगाएर थुनिदिएका हुन् ।

दुई सङ्गठनका विद्यार्थीहरुले निर्वाचन समितिले प्रकाशन गरेको विद्यार्थीहरुको अन्तिम नामावली पनि च्यातिदिएका छन् । क्रान्तिकारीका पाँचथर इञ्चार्ज जलकुमार तामाङले निर्वाचन समितिलाई ५ जना अयोग्य विद्यार्थीहरुको अन्तिम नामावली नाम प्रकाशन नगर्न आग्रह गरेपनि प्रकाशन गरेपछि तालाबन्दीसँगै नामावली च्यातेको बताए ।

उनले क्याम्पस प्रशासन र निर्वाचन समिति आग्रहलाई लत्याएर अघि बढेपछि तालावन्दी र नामावली च्यात्नु परेको हो, भने । क्याम्पसमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, संघीय विद्यार्थी युनियन, संघीय विद्यार्थी लिम्वुवान, समाजवादी विद्यार्थी फोरम र विप्लव निकट अखिल क्रान्तिकारीको संगठन छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ