arrow

कर्मचारी युनियनको अध्यक्षमा खड्का सर्वसम्मत

logo
प्रकाश धौलाकोटी,
प्रकाशित २०७३ फागुन १४ शनिबार
nepal-civil-service-union-congress-nnn.jpeg

तेह्रथुम । नेपाल निजामती कर्मचारी युनियन (संघ) जिल्ला कार्यसमिति, तेह्रथुमको सातौँ अधिवेशनबाट सुरेन्द्र खड्का सर्वसम्मत अध्यक्ष चुनिएका छन् । ११ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा अनिल प्रधान, महिला उपाध्यक्षमा सरस्वता पौडेल र समावेशी उपाध्यक्षमा नरबहादुर निरौला चयन भए । यस्तै सचिवमा राजु ढुंगाना, सहसचिवमा कमलनारायण शाह र कोषाध्यक्षमा गणेश सुवेदी चयन भएका छन् ।

खड्ग कटुवाल, रुद्रबहादुर कटुवाल, ठाकुरप्रसाद कार्की र शैलेन्द्र खड्का सदस्य चुनिएका छन् । अधिवेशनले केन्द्रीय प्रतिनिधिमा विद्या अधिकारी ढुंगाना र मनोजकुमार सुनुवारलाई चयन सर्वसम्मत चयन गरेको निर्वाचन समितिका संयोजक प्रकाश ढुंगानाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ