arrow

आरआर क्याम्पसकाे निर्वाचन कार्यालयमा आगजनी

logo
प्रकाशित २०७३ फागुन १४ शनिबार
RR_Aaglagi.jpeg
काठमाडाैँ । प्रदर्शनी मार्गमा रहेको रत्नराज्य लक्ष्मी क्याम्पसकाे स्ववियु निर्वाचन कार्यालयमा आगजनी भएकाे छ । शनिबार मनोनयन दर्ता गर्ने विषयमा अनेरास्ववियु र नेविसंघबीच विवाद चुलिएपछि दिउँसो नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताहरुबीच तनाव भएकाे थियाे ।
 
तनावपछि क्याम्पस अगाडि ठूलाे संख्यामा प्रहरी परिचालन भएपनि अागजनी भएकाे रहरी बृत्त स‌िंहदरबारले जनाएकाे छ । झडपकाे केही समयपछि क्याम्पसमा आगजनी भएको हो । अनेरास्ववियुका नेता नेत्र मैनालीले अनेरास्ववियुसँगको झडपपछि नेविसंघले निर्वाचन कार्यालयमा आगजनी गरेको बताएपनि नेविसंघका विद्यार्थीहरुले भने अनेरास्ववियु अाफैले अागजनी गरेकाे बताएका छन् । अागजनीबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ