काठमाडौं । युरोप यात्रा अहिलेसम्मकै जोखिमपूर्ण बनेको छ । सन् २०१७ को पहिलो ५२ दिनमा भुमध्यसागरबाट युरोप जानेक्रममा झण्डै ३६६ जनाको मृत्यु भएको छ ।
अघिल्लो वर्षको यही अवधिको तुलनामा यस वर्ष यसरी यात्रा गर्दा मृत्यु हुनेहरुको संख्या घटेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
सङ्घका अनुसार अघिल्लो वर्ष यस अवधिमा ४२५ जनाको मृत्यु भएको थियो ।