ट्रम्प पत्रकारमैत्री हुन खोजेनन्, ह्वाइटहाउसका संवाददाताको डिनर वहिष्कार

प्रकाशित मिति : २०७३ फाल्गुण १५ आइतबार
तस्वीर– फाइल
ह्वाइटहाउस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पत्रकारमैत्री हुनुको सट्टा अझ बढी क्रुर बन्दै गएका छन् । उनले संचारमाध्यमलाई यतिधेरै गाली गरिसके कि अब उनीसंग संचारकर्मीहरुले पानी बार्नुको विकल्पै छैन ।
 
सम्बन्ध झन् बिगार्ने क्रममा पछिल्लो पटक उनले अप्रिल २९ तारिखमा ह्वाइटहाउसका संवाददाताहरुको संघको डिनर आयोजनालाईसमेत बष्हिकार गर्ने घोषणा गरेका छन् । 
 
आफूविरुद्धका आलोचनात्मक समाचारलाई गलत तथा अतिरञ्जित बताउँदै आएका ट्रम्पले लगातार एक पछि अर्को कार्यक्रममा सञ्चार माध्यमको तिखो आलोचना गर्दै आएका छन् ।
 
ह्वाइटहाउसमा केही मिडियालाई प्रतिवन्ध लगाएको अर्को दिन ट्रम्पले कठोर निर्णय लिएका हुन् । 
 
सो डिनरमा सेलिब्रिटी, पत्रकारहरु, राजनीतिककर्मीहरु साथ अमेरिकी राष्ट्रपतिको उपस्थिति हुँदै आएको छ । 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ