arrow

नरेन्द्र मोदी एका–एक लाहोर पुगे, अटल विहारीपछी १२ वर्षमा भारतीय प्रधानमन्त्रीको पहिलो पाकिस्तान भ्रमण

logo
प्रकाशित २०७२ पुष १० शुक्रबार
modi.jpg.jpeg
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अफगानिस्तान बाट फर्किएर पाकिस्तान पुगेका छन् । मोदी पाकिस्तानको लाहोर पुगेका हुन् । पाकिस्तानको लाहोर अवाई अड्डामा पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले मोदीलाई स्वागत गरेका छन् । 
यसअघि, मोदीले शुक्रबार पाकिस्तानको भ्रमण गर्ने भन्दै ट्वीट गरेका थिए ।
 
मोदीले ट्वीटमा लाहोरमै पाकिस्तानी समकक्षी शरिफसंग भेट गरेर मात्र भारत फर्किने उल्लेख गरेका थिए । मोदी र शरिफबीच लाहोरमा केही बेर छलफलको कार्यक्रम छ । संयोगले शुक्रबार शरिफको जन्म दिन परेको छ । मोदीले शरिफलाई जन्मदिनको बधाई समेत दिएका छन् । 
 
मोदीले पाकिस्तानी समकक्षीसंग उनकै मुलुकमा गएर भेट गरेको यो पहिलो पटक हो । भारतीय प्रधानमन्त्रीकोतर्फबाट १२ वर्ष पछि यो पहिलो भ्रमण हो । १२ वर्षको अवधिमा कुनै पनि भारतीय प्रधानमन्त्रीले पास्तिानको यात्रा गरेका थिएनन् । २००४ मा तत्कालिन प्रधानमन्त्री अटल विहारी वाजपेयीले पास्तिान भ्रमणम गरेका थिए ।
 
वाजपेयी १६ वर्ष पहिले फेबु्रअरी १९९९ मा दिल्ली–लाहोर बस सेवा शुरु गर्दै बसमै लाहोर पुगेका थिए । शुक्रबार भारतका पूर्व प्रधानमन्त्री अटल विहारी र पण्डित मदन मोहन मालवीयको समेत जन्म दिन परेको छ । मोदीले ट्वीटमा वाजपेयी र मालवीयलाई सम्झेका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ