arrow

कांग्रेसका सांसदहरूलाई 'संसदीय सचेतना कार्यक्रम'

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १३ शुक्रबार
congress------------.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसदहरूलाई पार्टीले सचेतना तालिम दिने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको चैत १० र ११ गते बसेको बैठकको निर्णयानुसार नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा एवं राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरुका लागि “संसदीय सचेतना कार्यक्रम” राखिएको हो । 

प्रतिनिधि सभा एवं राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरूको अनिवार्य उपस्थितिका लागि पार्टीले अनुरोध गरेको छ ।

कार्यक्रम शनिबार बिहान ११ बजेदेखि नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, सानेपामा हुनेछ । 

यस्तो छ पार्टी कार्यालयको विज्ञप्तिः 

चैत्र १३, २०८२

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ चैत्र १० र ११ गते बसेको बैठकको निर्णयानुसार नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा एवं राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरुका लागि “संसदीय सचेतना कार्यक्रम” देहायको मिति, समय र स्थानमा हुने भएकोले प्रतिनिधि सभा एवं राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरुको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिन्छ ।

कार्यक्रम
मिति ः २०८२ चैत्र १४ गते शनिबार
समय ः बिहान ११ः०० बजे
स्थान ः नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुर ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ