arrow

नवनिर्वाचित सांसदहरूलाई सम्पत्ति विवरण बुझाउन जेठ १० भित्रको समय

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १६ सोमबार
eakram-giri.jpg

काठमाडौँ। संघीय संसद सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई आफ्नो सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ।

सचिवालयले सूचना जारी गर्दै आगामी जेठ १० गतेभित्र सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो।

सचिवालयका अनुसार सांसदहरूले आफ्नो तथा परिवारका नाममा रहेको आर्थिक वर्ष २०८१/०८२ को अद्यावधिक सम्पत्ति विवरण पेश गर्नुपर्नेछ।

सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले पद ग्रहण गरेको मितिले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानूनी व्यवस्था छ।

प्रतिनिधि सभा सदस्यहरूले चैत १२ गते शपथ लिएकाले सोही मितिबाट ६० दिनभित्र विवरण बुझाउनुपर्ने हुन्छ।

सम्पत्ति विवरण खामबन्दी गरी गोप्य रूपमा सचिवालयमा बुझाउनुपर्नेछ। सचिवालयले उक्त विवरण पूर्ण रूपमा सुरक्षित रहने र दुरुपयोग नहुने स्पष्ट पारेको छ। अदालतको आदेशबाहेक अन्य अवस्थामा विवरण सार्वजनिक नहुने प्रवक्ता गिरीले जानकारी दिए।

यो व्यवस्था भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ५० र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८को दफा ३१ ‘क’ कार्यान्वयन गर्ने उद्देश्यले लागू गरिएको हो।

सचिवालयले यसअघि राष्ट्रिय सभा सदस्यहरूलाई पनि सम्पत्ति विवरण बुझाउन सूचना जारी गरिसकेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ