arrow

अमेरिकी राष्ट्रपति ट्रम्पलाई हटाउन जादूमन्त्र

logo
प्रकाशित २०७३ फागुन १६ सोमबार
jadutuna.jpeg
न्यूयोर्क । अहिलेका जमानामा जादूमन्त्र वा जादूटुना कत्तिको लागु हुन्छ होला । तर आपतविपद्मा यो जादूटुनाको प्रयोग हुँदै आएको छ । त्यसकै उदाहरण हो अमेरिकामा शुक्रबार राति भएको एक अनुष्ठान ।
 
अमेरिकी समय अनुसार मध्यरात १२ बजे अमेरिकामा जादूमन्त्रप्रति विश्वास राख्ने एक समूहले ट्रम्पलाई हटाउन सामूहिक अनुष्ठान गरेको हो ।
 
हुनत ट्रम्पले ह्वाइटहाउस छाड्न चार वर्ष बाँकी नै छ । उनका विरोधीलाई पनि ट्रम्पले सजिलै ह्वाइटहाउस छोड्लान् जस्तो लाग्दैन । तर जादूटुना गर्ने महिलाहरुको एक समूहलाई भने ट्रम्पले छिट्टै ह्वाइटहाउस छाड्छन् भन्ने लाग्छ । 
 
यतिबेला फेसबुकमा पनि ‘सामूहिक जादूटुना’ मा जोडिएका व्यक्तिहरु दशहजारभन्दा कयौं बढी भइसकेका छन् । 
 
सामाजिक संजालमा ह्यास ट्यागसमेत चलाउन थालिएको छ । ह्यास  म्याजिक रेसिस्टेन्स (#magicresistance) दिएर यतिबेला ट्रम्पबारे धज्जी उडाउन थालिएको छ ।
 
जादूटुना गर्ने लेखक माइकल हजेसले भिडियोसमेत सार्वजनिक गरेका छन् । 
 
जादूटुना गर्ने बेलामा ट्रम्पलाई वाँध्नका लागि आग्रह गर्दै देवताहरुसंग ‘ट्रम्पका गलत गतिविधिहरु पूरै असफल होउन्, उनले हाम्रो राजनीतिलाई तोड्न नसकुन्, स्वतन्त्रलाई खोस्न नसकुन्, अनि उनले हाम्रो दिमागमा घृणा, डर तथा उदासी भभर्न नसकुन्’ भनिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ