arrow

शंखरापुर नागरिक समाजले सुरु गरेको आन्दोलन आज चौथो दिन, सबै दलको ऐक्यवद्धता

logo
प्रकाशित २०७३ फागुन १६ सोमबार
sankharapur.jpeg
काठमाडौं । शंखरापुर नगरपालिका यथावत कायम गराउनका लागि दबाव स्वरुप शंखरापुर नागरिक समाजले सुरु गरेको आन्दोलन आज चौथो दिनमा पुगेको छ । पहिलो दिन राजुभाई मानन्धर सहित नेपाली काँग्रेसका १५ जना नेता कार्यकर्ताहरुले २४ घण्टे अनसन बसेका थिए । 
 
त्यसैगरि दोश्रो दिन बिहान नेकपा एमालेका प्रदेश नं। ३ का सदस्य बुद्धभक्त चित्रकार सहित २३ जनाको टोलीका साथ अनसनका लागि शान्ति बाटिका पुगेको थियो ।
तेस्रो दिन ९ बजे कृष्णराज सुवेदी सहित ३० जना माओवादी केन्द्रका प्रतिनिधिहरु शान्ति बाटिका पुगेका थिए ।
 
पहिलो दिन काठमाडौँ क्षेत्र नं २ का सभासद दीपकप्रसाद कुइँकेलको उपस्थिती रहेको थियो भने सांसद भीमसेन दास प्रधान, नेता लोकेश ढकाल, साँखुकापाका नेता राजभाई श्रेष्ठ लगायत शान्तिवाटिकामा ऐक्यवद्धता प्रकट गर्न पुगेका थिए ।
 
दोस्रो दिन काठमाडौँ क्षेत्र नं ३ का सांसद रामेश्वर फुयाल सहित नेता कृष्णगोपाल श्रेष्ठ लगायत शान्तिवाटिकामा ऐक्यवद्धता प्रकत गर्न पुगेका थिए ।
 
त्यसैगरी आज चौथो दिन राप्रपा शंखरापुर कमिटीको तर्फबाट आज करिब ५० जना अनसनस्थल पुगेका छन् । जसमा करिब ३५–४० जनाको टोली अनसन बस्ने भएको छ ।
 
आज अनसनमा बस्नेहरू निम्नानुसार छन् – नवराज सिंखडा, सुमन मेहेर श्रेष्ठ, ईन्द्र चित्रकार, मिजेन्द्रकाजी श्रेष्ठ, राजु विष्ट, रमेश नापित, नवीन नापित, गोविन्दप्रसाद श्रेष्ठ, प्रतिमा श्रेष्ठ, रोशनी श्रेष्ठ, लक्ष्मी थापा, विष्णुप्रसाद श्रेष्ठ, राधाकृष्ण श्रेष्ठ, चन्दा श्रेष्ठ, ज्ञानु मानन्धर, राजेन्द्रकुमार श्रेष्ठ, सम्झना कपाली, आईते वाईबा, मोहनाथ दंगाल, चन्द्रबहादुर बस्ताकोटी लगायतका नेता कार्यकर्ताहरू रहनेछन् ।
 
आज अनसन स्थलमा राप्रपाका अध्यक्ष कमल थापा ऐक्यबद्धताका लागि पुग्ने खबर प्राप्त भएको छ ।
 
यसले गर्दा दलहरुबीच पनि प्रतिस्पर्धा देखिएको छ भने अर्कोतिर राज्यलाई पनि यथेष्ट दबाव हुने आशा शंखरापुरबासीले लिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ